२९ आश्विन २०८३, बिहिबार

आइएमईको दैवी प्रकोप पीडितलाई २० लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Glowal-IME-Bankकाठमाडौँ, ११ भदौ । ग्लोबल आइएमई बैंक तथा आइएमई समूहले दैवी प्रकोप पीडितलाई २० लाख रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत देशभरका बाढी पहिरो पीडितलाई आइएमई समूहले उक्त रकम सहयोग गरेको हो ।

ग्लोबल आइएमई बैंक तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बालुवाटारमा बुधबार एक कार्यक्रम गरी प्रधानमन्त्री सुशील कोइरालालाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो  ।

ग्लोबल आइएमई बैंकले ११ लाख रुपैयाँ र आइएमई समूहले ९ लाख रुपैयाँ राहत संकलन गरेका थिए । दुबै संस्थाले संकलन गरेको राहत रकम अध्यक्ष ढकालले एकमुष्ट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतमा पनि बैंक तथा आईएमई समूहले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढी पहिरो पीडितलाई सहयोग प्रदान गरेको स्मरण गर्नुभयो ।

अध्यक्ष ढकालले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरु तथा पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता समेत जाहेर गर्नुभयो  ।
्