२९ आश्विन २०८३, बिहिबार

नबिल बैँकका कर्मचारी आन्दोलनमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nabil_Bank-banner

काठमाडौँ, ९ भदौ । नबिल बैँक लिमिटेडमा कार्यरत अस्थायी कर्मचारीले आन्तरिक प्रक्रिया पुर्‍याएर आफूहरुलाई स्थायी गर्नुपर्ने माग गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नबिल बैँक लिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा कर्मचारीले ठेकेदारी प्रथाको अन्त्य गरी श्रम ऐनअनुसार २४० दिन पुगेका सम्पूर्ण कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरेका हुन् ।

संगठनका अध्यक्ष गणेश रानाले विभिन्न मागसहित पटक पटक मौखिक एवं लिखित माग पेस गर्दा पनि व्यवस्थापनले सुनुवाइ नगरेकाले सोमबारदेखि सङ्घर्षका कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो । रासस