सिन्धुपाल्चोक, ९ भदौ । चार किलो सुनसहित मनाङ जिल्ला घ्यारु गाविसका ४७ वर्षीय दोर्जे गुरुङलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
चीनको खासाबाट लुकाइ–छिपाइ ल्याउँदै गरेको अवस्थामा उनलाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक जयश्वर रिमालको टोलीले शारदा उच्च माध्यमिक विद्यालय बाह्रविसे गेट नजिकैबाट गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङले दुई किलो सुन कम्मरमा बाँधेका थिए भने दुई किलो खादाले बेरेर पुरानो झोलाको भित्री भागमा राखेको प्रहरीले जनाएको छ ।
पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको फाइदा उठाउँदै तस्करहरुले चीनबाट लगातार सुन भित्र्याइरहेका छन् । राजमार्ग अवरुद्ध भएदेखि प्रहरीले १७ किलो सुन बरामद गरिसकेको छ ।













प्रतिक्रिया