२९ आश्विन २०८३, बिहिबार

साढे दुई लाखभन्दा बढी पर्यटक रसुवा भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A-Tourist-at-Pokhara-Nepalरसुवा, ७ भदौ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको स्थापनापछि करिब साढे तीन दशकको अवधिमा साढे दुई लाखभन्दा बढी पर्यटकले रसुवाको हिमाली क्षेत्रको भ्रमण गरेका छन् ।

निकुञ्जको कार्यालयले दिएको विवरणअनुसार २०३२ सालमा कार्यालय स्थापना भएपछि आर्थिक वर्ष २०३५/३६ बाट पर्यटक आगमनको लगत अध्यावधिक गर्न थालिएको हो ।

३६ वर्षको यस अवधिमा दुई लाख ५९ हजार ८८७ जना पर्यटकले लाङ्टाङ, गोसाइँकुण्डलगायतका हिमाली क्षेत्रको दृश्यावलोकन गरेको र निकुञ्ज क्षेत्रमा प्रवेश शुल्कबापत उठेको करिब रु २९ करोड २२ लाख राज्यकोषमा दालिखा भइसकेको छ ।

अमेरिका, जर्मनी, जापान, अस्ट्रेलिया छिमेकी राष्ट्र भारत, इजरायललगायत ३६ भन्दा बढी देशका पर्यटकले यस क्षेत्रको भ्रमण गरिसकेको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा आउने पाहुनाको सुरक्षा व्यवस्था मजबुत बनाउन हिमाली क्षेत्रका उच्च भागहरूमा पर्यटक प्रहरी एकाइ स्थापना गर्नुपर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले जानकारी दिए ।