काठमाडौँ, ४ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सुनकोशी पीडित परिवारलाई आर्थिक एव भौतिक सहयोग गरेको छ ।
कम्पनीले पीडितहरुको अस्थायी पुर्नवास केन्द्र लामोसाँघु पुगेर पहिरो पीडितलाई सोमवार राहत वितरण गरेको हो ।
सिटीका उपप्रवन्धक माधव पन्थीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीमार्फत पीडित परिवारलाई ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद र एक लाख रुपैयाँ बरावरको एक सय थान ज्याकेट प्रदान गरेका हुन् ।
पहिरो पीडितहरुलाई सहयोग गर्न भन्दै सिटी एक्सप्रेसका कर्मचारीले एक दिनको तलव संकलन गरेका थिए ।
कम्पनीले विभिन्न समयमा दैवि प्रकोप पीडितलाई आर्थिक एव जिन्सी सहयोग गर्दे आएको बताएको छ ।














प्रतिक्रिया