काठमाडौं, ३१ साउन । नेपाल र भारतबीच हुने भनिएको विद्युत व्यापार सम्झौता गर्दा नेपालको हितमा गर्न परराष्ट्र क्षेत्रका विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् ।
राजधानीमा शनिवार भएको एक कार्यक्रममा राप्रपाका नेता एवंम पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतसँग विद्युत व्यापार सम्झौता गर्दा नेपालको आवश्यक्तालाई पूर्ति गरी बचेको विद्युत मात्रै निर्यात गर्ने कुरा लिपिबद्ध गर्न सरकारलाई सुझाव दिनुभयो । विद्युत व्यापार सम्झौता गर्दा बिजुलीको मूल्य बजारले तोक्नुपर्नेमा उहाँको जोड थियो ।
एमाओवादीका नेता राम कार्कीले नेपाल र भारतबीच अहिलेसम्म भएका सम्झौताहरु नेपालको हित विपरित भएकोले थप सम्झौता गर्नुअघि भारतले ती सम्झौता नेपालको हितमा रहेको विश्वास दिलाउनुपर्ने टिप्पणी गर्नुभयो ।
कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपाल र भारतबीच विद्यमान आशंकाहरुलाई हटाएर विश्वासको वातावरण तयार भएपछि मात्रै भारतसँग विद्युत व्यापार सम्झौता गरिने जानकारी दिनुभयो ।














प्रतिक्रिया