इलाम, ३१ साउन । कृषि विकास बैंक जिल्ला शाखा इलामले बैंकको नीतिअनुसार नियमित साँवा, ब्याज तिर्ने ४० जना ग्राहकलाई ग्रिनकार्ड (असल ग्राहक परिचयपत्र) प्रदान गरेको छ ।
नियमित रूपमा कर्जाको साँवा, ब्याज तिर्ने असल ग्राहकलाई बैंकले आव २०७०र०७१ मा ग्रिनकार्ड वितरण गरेको हो । अघिल्लो वर्ष २७ जनाले ग्रिनकार्ड पाएका थिए ।
इलाम नगरपालिकासहित २१ वटा गाविसमा आफ्नो कार्यक्षेत्र रहेको यस बैंकका एक हजार २०० जनाभन्दा बढी ग्राहकमध्ये अहिलेसम्म करिब ६०० जनालाई ग्रिनकार्ड वितरण गरिएको बैंककी लेखापाल शशीकला जोशीले बताउनुभयो ।
ग्रिनकार्ड प्राप्त ग्राहकको सिफारिसमा अन्य ऋणीलाई ऋण उपलब्ध गराउन सहज हुनेसमेत उहाँको भनाइ छ । लिएको ऋणको दुई वर्षसम्म मासिक रूपमा ब्याज, साँवा भुक्तानी गर्ने ऋणीलाई बैंकले असल ऋणीको रूपमा ग्रिनकार्ड वितरण गर्ने जनाएको छ ।














प्रतिक्रिया