काठमाडौं, २८ साउन । बुधबार केही दिनदेखि लगतार ओरलो लाग्दै गरेको नेप्से परिसूचकमा केही सुधार देखिएको छ ।
मङ्गलबार १८ दशमलव ७३ अङ्क घटेको नेप्से परिसूचक बुधबार ४ दशमलव ३५ अङ्कले बढेको हो ।
बुधबार १ घण्टाको व्यापारमा सो विन्दुभन्दा तल नेप्से परिसूचक १ हजार ९ दशमलव ९२ विन्दुसम्म झरेको थियो ।
त्यसपछि उकालो लाग्न थालेको नेप्से परिसूचक बढेर १ हजार ३२ दशमलव ९२ सम्म बढेको थियो । तर, अन्तिम समयमा नेप्से परिसूचक केही अङ्क तल १ हजार २६ दशमलव २१ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
केही दिनदेखि लगातार बजार ओरालो लाग्ने क्रममा अधिकांश सूचिकृत कम्पनीहरुको शेयरमूल्य घटेको थियो । सो अवधिमा सचेत लगानीकर्ताले शेयर खरिद गर्न थालेपछि बुधबार नेप्से परिसूचक बढ्न थालेको हो ।
बुधबार नेप्सेमा ३ हजार १ सय ९८ व्यापारबाट १ सय ३४ कम्पनीको ८ लाख १० हजार कित्ता शेयर खरिदविक्री भयो । जसबाट रू. ४४ करोड ९० लाख रकम परिचालन भयो भने रू १० खर्ब ४७ अर्बको कुल बजार पूँजीकरण भयो ।
बुधवार होटल समूहको १.८२, विकास बैंक समूहको १.८१ र वित्त कम्पनी समूहको सूचक ५.५५ अंकले घट्यो । वाणिज्य बैंक समूहको सूचक ५.६६ अंकले बढेको छ ।
यो समूहको मात्रै २४ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी बीमा समूहको ३५.३१ अंकले, उत्पादनमुलक क्षेत्रको ३०.५१ अंकले र जलविद्युत समूहको ४.३१ अंकले बढेको छ ।














प्रतिक्रिया