३० आश्विन २०८३, शुक्रबार

काँग्रेसकै प्रभावशाली नेता कोइराला सरकारसँग असन्तुष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun narsingh kc

काठमाडौं, साउन २५ । नेपाली काँग्रेसमा प्रभावशाली मानिने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापति सुशिल कोइरालाले ७ महिनादेखि केन्द्रीय कार्यसमितिको बैठक नबोलाएकोमा आपत्ति प्रकट गर्नुभएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा केसीले पार्टी सभापतिले प्रधानमन्त्री बन्नु अगाडि केवल औपचारिकताका लागि मात्रै केन्द्रिय समितिको बैठक राखेको र ७ महिना बितिसक्दा पनि कार्यसमितिको बैठक नबोलाएर प्रजातन्त्रिक प्रक्रियामा पार्टीलाई अगाडि नबढाएकोमा रोष व्यक्त गर्नुभयो ।

साक्षात्कारमा केसीले भन्नुभयो– ‘१२ औं महाधिवेशनको समय अवधि असोज ५ गते सकिँदैछ, तर अझैसम्म केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशन कहिले गर्ने वा त्यसको लागि म्याद कत्ति समयको लागि थप्ने भन्नेबारेमा पनि छलफल भएको छैन ।’

काँग्रेस पार्टी विधि, विधान र प्रक्रिया अनुसार हिँड्न नसकेको भन्दै केसीले आफू लगायत २४ जना केन्द्रीय सदस्यले अल्टिमेटम दिएको जानकारी समेत गराउनुभयो । तत्काल केन्द्रिय समितिको बैठक बोलाएर पार्टी सभापतिले अहिले पार्टीभित्र देखिएको समस्यालाई समाधान गर्दै पार्टीलाई विधि अनुसार हिँडाउनुपर्ने उहाँले बताउनुभयो ।
केसीले भन्नुभयो– ‘सरकारले सोचेअनुरुपको काम गरेको छैन् । सरकारमा पार्टीबाट सहभागी मन्त्रीहरुले राम्रो काम गर्न सकेका छैनन् । उहाँहरुले स्वेच्छचारी ढंगले काम गरेकोले त हामीले खुलेरै आलोचना गरेका छौं ।’

यद्दपी केसीले सरकार परिवर्तनको कुरा गर्नु बेमौसमको बाजा भएको बताउनुभयो । अहिले तोकिएकै मितिमा संविधान जारी गर्नुपर्ने प्रमुख दायित्व भएकाले सरकार परिवर्तनको खेलमा कोही पनि लाग्नु नहुने उहाँले बताउनुभयो । केसीले भन्नुभयो– ‘संविधान जारी नहुँदा सम्म सरकारको विकल्प खोजिनु हुँदैन् । सरकारको विकल्प खोजिए फेरि पनि संविधान बन्दैन् ।’

यद्दपि केसीले काँग्रेसले एमालेसँग राष्ट्रपति, उपराष्ट्रप िको संसदबाट अनुमोदन गर्ने भनेर नै ७ बुँदे सहमति गरेको बताउँदै सत्तारुढ दल एमालेसँग देखिएको विवाद जसरी पनि मिलाएर सहमतीका साथ सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘त्यतिखेर सम्झौता गर्नु नै गलत थियो, अब ७ बुँदे सहमति कार्यन्वयन गरेर जानुको विकल्प छैन् ।’