३० आश्विन २०८३, शुक्रबार

भ्यागुताको पूजा गरी भोजन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vyaguta-Marriage-Bihe

भक्तपुर, २५ साउन । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् ।

वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा मानेर कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो परम्परा मनाएका हुन् । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ ।

खेतमा किरा मारेर अन्न उब्जाउनसमेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको किसानहरू बताउँछन् ।

रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका किरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।