३० आश्विन २०८३, शुक्रबार

आफ्नै आमाबाबुसँग रकम असुल्न अपहरणको नाटक गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

apharan

विराटनगर, २५ साउन । आफ्नै आमाबाबुसँग रकम असुल्नका लागि अपहरणको नाटक गर्ने एक छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर जिल्लाको गाईघाट–२ बस्ने २२ वर्षीय सुरज चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विराटनगर बजार घुम्न आएका उनले विराटनगर–१८ बस्ने प्रकाशमार्फत आफ्ना आमाबाबुलाई फोन गर्न लगाई ७० हजार रुपैंया फिरौती रकम नदिएमा ज्यान मार्ने धम्की दिन लगाएका थिए ।

यस सम्बन्धमा प्रहरीले खोजतलास गर्दा विराटनगर–१४ बाट शनिबार दुवै जनालाई पक्राउ गरी आवश्यक कारबाही थालिएको छ । रासस