सिन्धुपाल्चोक, २४ साउन । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोबाट अवरुद्ध राजमार्ग सुचारु गराउन नेपाली सेनाले शनिवारबाट सुनकोसी पारीबाट ट्रयाक खोल्ने काम सुरु गरेको छ ।
सेनाले दिएको जानकारी अनुसार ट्रयाक खोल्ने काम भदौ २५ गतेसम्ममा सम्पन्न गर्ने तयारी भएको छ ।
दसैंलाई लक्षित गरी ट्रयाक खोल्न सुरु गरिएको उक्त राजमार्ग खुलेपछि दोलखा रामेछापसागै नेपालको सिमाना खासासम्म जानका लागि सहज हुने छ ।
त्यसैगरी सेनाले थुनिएको ठाउंमा थप विस्फोट गराइ पानी खोल्ने क्रमलाई पनि निरन्तरता दिएको छ । एक्साभेटर र डोजरको सहायतामा पुरिएका घरहरु र सडक खोल्ने क्रम पनि जारी राखिएकोे छ ।
सेनाको सक्रियतासँगै पहिरोको कारण डुवानमा परेर बन्द भएको जलविद्युत् केन्द्र छिट्टै सञ्चालनमा आउने बुझिएको छ । पहिरोका कारण अहिले अरनिको राजमार्ग समेत अवरुद्ध छ ।
















प्रतिक्रिया