३० आश्विन २०८३, शुक्रबार

संविधान जारी नभएसम्म एमालेले कोइराला नेतृत्वको सरकारलाई नै निरन्तरता दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml

काठमाडौं, २४ साउन । नेकपा एमालेले संविधान जारी नभएसम्म सुशील कोइराला नेतृत्वको वर्तमान सरकारलाई नै निरन्तरता दिने निष्कर्ष निकालेको छ ।

एमाले पदाधिकारी र मन्त्रीहरुबीच भएको छलफलले यस्तो निष्कर्ष निकालेको हो ।राष्ट्रपतिलाई संसदबाट अनुमोदन गर्ने सहमति कार्यान्वयन गराउने जिम्मा भने एमालेले पार्टी अध्यक्ष केपी ओलीलाई दिने निर्णय गरेका बुझिएको छ ।

त्यसैगरी सात बुँदे सहमति कार्यान्वयनका लागि पहल गर्ने जिम्मा पनि एमालेले अध्यक्ष ओलीलाई नै दिने निर्णय गरेको छ ।

एमालेको केन्द्रीय कमिटिको दास्रो बैठक बस्नु तीन दिन अघि बसेको उक्त बैठकले केन्द्रीय कमिटि बैठकमा एजेण्डा पनि तय गर्ने बुझिएको छ । सचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार बैठक अहिले पनि जारी छ ।