३० आश्विन २०८३, शुक्रबार

जन्मकैदको फैसला सुनाएका कैदीको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jalashwor_karagarrrr

काठमाडौं, २४ साउन । महोत्तरीको जलेश्वर कारागारमा एक कैदीको शुक्रवार राती मृत्यु भएको छ ।

धनुषा जिल्लाको औरही गाविस–८ कपटौली बस्ने ३६ वर्षका विजय पासवानको मृत्यु भएको जलेश्वर कारागार कार्यालयले जानकारी दिएको छ ।

विसं २०५८ मा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकेपछि जलेश्वर कारागारमा आएका कैदी पासवानले १३ वर्ष काटिसकेका थिए उनको अझै सात वर्ष कैद भुक्तानी हुन बाँकी थियो ।

टाउको र नसासम्बन्धी रोग रहेका पासवान शुक्रबार एक्कासी बिरामी भएपछि कारागार प्रशासनले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा लगेपछि उनको उपचारका क्रममा मृत्यु भएको हो