३० आश्विन २०८३, शुक्रबार

मेची र कोसीमा बस व्यवसायीको हडताल, यात्रुको बिचल्ली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biratnagar

विराटनगर, २४ साउन । मेची र कोसी अञ्चलका बस व्यवसायीहरुले सुरु गरेको अनिश्चितकालीन बस हडतालका कारण यात्रुहरु बिचल्लीमा परेका छन् ।

पूर्वको काँकडभिट्टा र भद्रपुरबाट चार दिनदेखि यात्रुबाहक बस नचलेकोमा विगत दुई दिनदेखि विराटनगरबाट पनि बस नचलेकाले यात्रुहरु बिचल्लीमा परेका हुन् ।

नयाँ संघको रुपमा दर्ता भएको उज्यालो यातायातले काँकडभिट्टाबाट काठमाडौँ बस सञ्चालन गर्न खोज्दा विवाद सिर्जना भएको हो ।

मेची बस व्यवसायी संघमार्फत गाडीहरु चल्नुपर्ने, नयाँ दर्ता भएको संघ खारेज हुनुपर्नेलगायतका माग राखी संघ हडतालमा उत्रेपछि त्यसप्रति ऐक्यबद्धता प्रकट गर्दै कोसी बस व्यवसायी संघ पनि दुई दिनदेखि हडतालमा उत्रेको हो ।

यसैबीच विराटनगर बसपार्कबाट केही यात्रुबाहक बस राजविराज, लहान र जनकपुरका लागि छुटेका र माइक्रो बस पनि छिटफुट रुपमा सडकमा गुडिरहेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।