३० आश्विन २०८३, शुक्रबार

श्रीमतीसँग झगडा गरी छिमेकीलाई फसाउन नाटक गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rautahat

गौंर (रौतहट), २४ साउन । रौतहटमा आफू अपहरणमा परेको नाटक गरेर प्रहरीलाई हैरान पार्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौर नगरपालिका–७ का ४५ वर्षीय जयराम महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ ।

महतोले बिहीबार राति आफ्नो श्रीमतीसँग झगडा गरी छिमेकीलाई फसाउने नियतले अपहरणमा परेको झुटा खबर प्रहरीलाई गरेकाले उनलाई शुक्रबार बिहान गौर–४ महादेव मन्दिरबाट प्रहरीले नियन्त्रणमा उनीमाथि सार्वजनिक मुद्दा दर्ता लगाइने रौतहटका प्रहरी नायब उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।