काठमाडौं, २३ साउन । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान– वीर अस्पतालमा डा. गणेश गुरुङलाई उपकुलपतिमा नियुक्त गर्नुभएको छ ।
प्रतिष्ठानका सहकुलपति एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीको सिफारिसमा सो नियुक्ति गरिएको हो । प्रतिष्ठानका सहकुलपति अधिकारीको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले डा. गुरुङलाई सिफारिस गरेको स्वास्थ्यमन्त्रीका प्रेस संयोजक सुधन ज्ञवालीले जानकारी दिनुभयो ।
करिब ६ महिनादेखि प्रतिष्ठान उपकुलपतिविहीन थियो । प्रतिष्ठानका गैरआवासीय चिकित्सकले उपकुलपति नियुक्तिको माग गर्दै १३ दिनदेखि अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराएका थिएनन् । उनीहरु बिरामीको सेवामा उपस्थित नभए पनि त्यहाँका वरिष्ठ चिकित्सकले सेवा उपलब्ध गराएका थिए ।
















प्रतिक्रिया