काठमाडौं, २३ साउन । नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि सातामा ६० घन्टा लोडसेडिङ गर्ने भएको छ।
शनिवारदेखि सातामा २० घन्टा लोडसेडिङ बढेको हो। विद्युत् उत्पादन घटेकाले लोडसेडिङ बढाउनुपरेको विद्युत् प्राधिकरणले जनाएको छ।
सिन्धुपाल्चोकको जुरेमा गएको पहिराका कारण प्रसारण लाइनको टावर ध्वस्त भएको, सुनसकोसी जलविद्युत् आयोजनाको ड्याममा क्षति पुग्दा भोटेकोसी, सुनकोसी र सानिमा हाइड्रोको ५७ मेगवाट बिजुली अवरुद्ध भएकोलगायतका कारणले लोडसेडिङ बढेको प्राधिकरणको भनाई छ ।
प्राधिकरणका अनुसार सातामा तीन दिन ९ घन्टा, दुई दिन साढे सात घन्टा, एक दिन १० घन्टा र एक दिन साढे ८ घन्टा लोडसेडिङ हुनेछ।














प्रतिक्रिया