काठमाडौँ, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक डीआइजी गोपाल भण्डारीविरुद्ध मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका बेला उहाँले भ्रष्टाचार गरेको दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उहाँलाई अख्तियारले २४ लाख १३ हजार ५ सय ४६ विगो र त्यति नै जरिवाना र हैदसम्मको कैद सजाय मागदाबी गरेको छ ।
भण्डारीले विभिन्न समयमा भारतीय मुद्रा बरामद हुँदा रीतपूर्वक खनतलासी तथा बरामदी मुचुल्का नगरेको, भारुलाई अबैध भनेपछि विदेशी विनिमय नियमित गर्ने ऐनको कानुनी प्रावधान अनुसार कारबाही नचलाएको र रावश्य अनुसन्धान विभाग नपठाइ ९ लाख २५ हजार भारु हिनामिना गरेको, २ लाख ५ हजार बराबरको बरामद रिचार्ज कार्डहरु गायब बनाएको र ७ लाख २८ अजार ४४६ रुपैयाँ बराबरको ल्यापटप, आइफोन, आइप्याड, क्यमराहरु हिनामिना गरेको अख्तियारको आरोप छ ।
















प्रतिक्रिया