३० आश्विन २०८३, शुक्रबार

खोलाले बगाउँदा एकको मृत्यु, एक बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi_map

अनिल खत्री

गुल्मी, साउन २० । गुल्मीको नयाँगाउँमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

छिमेकी जिल्ला अर्घाखाचीको खनदह घर भई नयाँगाउँ माइती घर भएकी अन्दाजी ८० वर्षीया रुपा खनाल नयाँगाउँ गाविस ७ बाटुले नजिकै खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

पनाहा खोलाको किनारमा ती महिलाको शव भेटिएकाले खोलाले बगाएर ल्याएको हुन सक्ने जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक हरि हमालले जानकारी दिनुभयो ।

त्यसैगरी जिल्लाको निस्तीखोलामा बगेर एक जना बेपत्ता भएका छन । जिल्लाको हस्तीचौर गाविस २ खहरेका ३५ वर्षीय पदमबहादुर थापा निस्तीखेलामा बगेर बेपत्ता भएका हुन ।

आईतबार साथीहरुसँगै माछा मार्न गएका थापालाई निस्तीखोलाले बगाएको हो । आईतबार खोलाले बगाएपछि स्थानीयवासीहरुले खोजी गर्दा फेला पार्न नसकेपछि सहयोगका लागि मगंलवार प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
लगातार पानी परिरहेकाले र निस्तीखोला ठुलो भएकाले खोजीकार्यमा समस्या भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरिक्षक हरि हमालका अनुसार खोलाले बगाएर बेपत्ता भएका थापाको खोजी गर्नका लागि जिल्ला प्रहरी कार्यलय गुल्मीको प्रहरी टोली, निस्तीखोला र बडीगाढ खोला क्षेत्रमा रहेका इलाका प्रहरी कार्यलय तथा प्रहरी चौकीहरुलाई खोजी कार्यमा लाग्नका लागि परिचालन गरिएको छ ।