३० आश्विन २०८३, शुक्रबार

वीरमा अख्तियारको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospital

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवार वीर अस्पतालमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

वीर अस्पतालमा आर्थिक अनियमितता भएको उजुरी परेपछि त्यसबारे चासो देखाउँदै आएको अख्तियारले मंगलवार छापा मारेको हो ।

मंगलवार दिउँसो वीर अस्पताल पुगेको अख्तियारको टोलीले चिकित्सकहरुको हाजिरी कापी र विभिन्न उपकरण खरिद गरिएका बिल लगायतका महत्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारको टोलीले वीर अस्पतालका पदाधिकारीसँग केही सोधपुछ गरेपछि छापा मारेको हो ।

आवासीय चिकित्सकहरुको आन्दोलनका कारण वीर अस्पतालको सेवा प्रभावित भइरहेका बेला अख्तियारले वीर अस्पतालबारे चासो देखाएको हो ।