३० आश्विन २०८३, शुक्रबार

सुनकोसीको विपत्ति र कालीगण्डकीमा भेटिएको नुनखानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kali-gandaki

म्याग्दी, २० साउन । म्याग्दीको शिख गाविसस्थित पाउद्वारमा नुनिलो पानीको मुहान फेला परेको छ । कालीगण्डकी नदीनजिकै मुहान भेटिएपछि नुनखानी भएको अनुमान गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने शिख र नारच्याङ गाविसको सिमानामा मुहान भेटिएपछि त्यसको अनुसन्धान सुरु गरिएको तातोपानी संरक्षण समितिका सदस्य पूर्णबहादुर पुनले जानकारी दिनुभयो ।

‘‘तातोपानीसँगै नुनसमेत देखिएको छ’ ‘उनले भन्नुभयो, ‘पानीको स्वाद नुन हालेको जस्तो भएकाले पनि खानी तथा भूगर्भ विभागमार्फत अनुसन्धान सुरु गरिएको छ ।’

करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानीको मुहान तथा आसपासको जग्गामा सेताम्मे नुन जस्तै पदार्थ देखिएको छ । कालीगण्डकी नदीको किनारमा दुई वर्षअगाडि फेला परेको तातोपानीलाई संरक्षण गर्ने क्रममा डोजरको सहायताले स्नानका लागि कुण्ड बनाउने क्रममा नुनको खानी फेला परेको स्थानीय समाजसेवी बागवीर पाइजाले बताउनु भयो ।

‘उत्खननका लागि नमुना पठाइसकेका छौँ,’ उहाँले भन्नुभयो । नुनखानी उत्खनन गर्न आवश्यक सहयोगका लागि स्थानीयले सरोकारवालासँग सहयोग मागेपछि स्थलगत अवलोकनमा गएको एक टोलीले अन्य क्षेत्रमा रहेका तातोपानीभन्दा स्वाद फरक रहेकाले पनि यसको अनुसन्धान आवश्यक रहेको बताएका थिए ।

पूर्व सभासद् गोविन्द पौडेलले खानी भएका क्षेत्रको संरक्षण गर्ने दायित्व राज्यको भएकाले प्राथमिकतामा राख्न आवश्यक रहेको बताउनुभयो ।

मुहान देखिएपछि जिविस, गाविस तथा स्थानीयले श्रमदान गरी मुहानलाई व्यवस्थित गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताउनुभयो । ‘यसलाई संरक्षण गर्ने अभियान नै सुरु गरेका छौं,’ उहाँले भन्नुभयो ।

अनुसन्धानबाट नुनखानीका रुपमा पुष्टि भएपछि यो ठाउँलाई प्राकृतिक उपचार केन्द्रकै रुपमा विकास गर्न योजनासमेत बनाइएको छ । जिल्लामा करिब आधा दर्जनभन्दा बढी तातोपानीका मुहान रहेका छन् ।