२९ आश्विन २०८३, बिहिबार

खनाल र नेपाल दुबैले ओलीसँगै किन भेटेनन् मोदीलाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav Nepal & Jn Khanal

काठमाडौँ, १९ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल सोमबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न जानुभएन ।

मोदीले एमाले शीर्ष नेताहरुसँग होटल हायातमा ३० मिनेट कुराकानी गर्ने कार्यतालिका थियो । मोदीले उहाँहरुसँग छलफल गर्न दिवाभोजमा सरिक भएपछि १ बजेपछिको समय तालिका छुट्टयाउनु भएको थियो ।

राजनीतिक दलका नेताहरुसँगको भेटमा सबैभन्दा पहिला मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका १० जनाएमाले नेतासँग भेट गर्ने तालिकामा खनाल र नेपाल भने नजानु भएको हो ।

दुबै जना नेताहरु किन मोदीको भेटमा सहभागी हुनुभएन त भनेर एमाले उपाध्यक्ष भीम रावलसँग जिज्ञासा राख्दा उहाँले अध्यक्षले पार्टीको धारणा राख्ने भएकाले उहाँहरु उहाँहरु नआउनु भएको प्रतिक्रिया दिनुभयो ।

स्रोतका अनुसार खनाल र नेपाल दुबैले पटक–पटक मोदीसँग भेट भएको भन्दै त्यहाँ नजाने निर्णय गर्नुभएको हो । आइतवार नेपाल आउनु भएका मोदी सोमवार स्वदेश फर्किने कार्यक्रम छ ।