काठमाडौँ, १४ साउन । नक्कली आमा बनेर पाटन अस्पतालमा हंगामा मच्चाएकी अविना श्रेष्ठका पति पुण्यराम सुलुले माफी मागेका छन् ।
उनले पाटन अस्पतालमै बुधवार पत्रकार सम्मेलन गरी माफी मागेका हुन् । सुलुले ‘स्युडोसाइसिस्ट’ भन्ने रोगका कारण आफ्नी श्रीमतीको मानसिक स्थितिमा असर परेको र यस्तो नाटक गरेको भन्दै माफी मागेका हुन् । तर, डाक्टरहरुले भने सुलुको दाबीलाई अस्वीकार गरेका छन् ।
स्थानीय विकास मन्त्रालयका इन्जिनियर समेत रहेका सुलुकी श्रीमति अविनाले गर्भवती नै नभएको अवस्थामा गत साउन ३ गते नक्कली आमा बनेर आफ्नो बच्चा अस्पतालले गायब भनाएको भन्दै हंगामा मच्चाएकी थिइन ।
पत्रकार सम्मेलनमा पाटन अस्पतालका डाक्टर र नर्सहरुले भने दुखेको मन भने अझैसम्म जाती हुन नसकेको गुनासो गरेका थिए । उनीहरुले ती महिलाका कारण अझैसम्म पनि अस्पतालको प्रसुती विभागमा काम गर्ने वातावरण नभएको गुनासो गरेका थिए ।
‘ती महिलाका कारण हामीमाथिको विश्वासमा ठूलो धब्बा लागेको छ,’ नर्सिङ डाइरेक्टर नारायणी राईले भन्नुभयो । अस्पतालका प्रमुख डा। पवन आचार्यले पनि ती महिलाका कारण बद्नाम भएको गुनासो गर्नुभयो ।














प्रतिक्रिया