२९ आश्विन २०८३, बिहिबार

हिमाल मिनरल वाटर उद्योगमा सिलबन्दी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

water-mineral

काठमाडौँ, १४ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हिमाल मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको छ ।

विभागको टोलीले सोमबार काठमाडौँ जिल्ला मातातीथस्थित–५ मा सञ्चालित सो उद्योगको अनुगमन गर्दा त्यसले अन्य पानी प्रशोधन उद्योगको वोटल जारमा पानी प्याकिङ गर्दै गरेको पाएकाले उक्त उद्योगमा सिलबन्दी गरिएको हो ।

विभागको अनुगमन टोलीले हिमाल उद्योगले नियम विपरित काम गर्दै आएको पाइएकाले यसलाई खाद्य ऐन २०२३ अनुसार उक्त उद्योगमा सिलबन्दी गरी आवश्यक कारबाहीका लागि काठमाडौ जिल्ला प्रशाशनलाई निर्देशन दिइसकिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले जानकरी गराए ।