२९ आश्विन २०८३, बिहिबार

हिमानीले समेत साथ नदिएपछि पारस नेपाल नफर्कने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-Himani

काठमाडौं, १४ साउन । साउन २१ मा भिसा अवधी सकिने कारण फर्किने भनिएका पूर्वयुवराज पारस शाह सकेसम्म उत्रै बस्ने योजनामा छन् ।

फर्किने समाचार आएलगत्तै पारिवारिक विखण्डनसम्बन्धी खबरका कारण तत्काल नआउने मनस्थितिमा पुगेका छन् ।

अहिलेसम्म विद्यार्थी भिसामा बस्दै आएका उनले बैकक सरकारसमक्ष बिजिनेश भिसाको लागि आवेदन गरेका छन् । उनलाई लिन जाने भनिएका पुराना साथी राजेश सिंह अहिले नजाने भएका छन् ।

उनलाई पारसले नै तत्काल नआउन भनेका हुन् । फर्किने खबरसँगै बाबु ज्ञानेन्द्र निर्मल निवास खालि गरी आफू गृष्मकालीन दरबार नागार्जुन सरे । पत्नी हिमानीले पनि पारससँग नबस्ने बताइन् ।

पारस भने अझै पनि थाई प्रेमिका कन्निका चाइसानलाई छाड्न पक्षमा छैनन् । केही समयअघि प्रतिवन्धित लागू औषधसहित बैकक प्रहरीद्धारा पक्राउ परेका थिए । उक्त मुद्दामा यही साउन १७, शनिबारका दिन सुनुवाई हुँदैछ । त्यसमा उनलाई सफाई दिने र थप हिरासत हुने दुवै सम्भावना उत्तिकै रहेको कानुनी सहयोगीले बताएका जनआस्था साप्ताहिकमा खबर छ ।