२९ आश्विन २०८३, बिहिबार

फ्यानले चुम्बन गरिदिएपछि रेखा थापा तनावमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rekha-thapaहाल मिलाउने बहानामा एक जना फ्यानले सार्वजनिक कार्यक्रममै चुम्बन गरिदिएपछि नायिका रेखा थापा तनावमा छिन् ।

घटना हो,नेपालगञ्जगमा शनिबार आयोजना गरिएको ‘नेपालगञ्ज सांकृतिक कार्यक्रम’ को । कार्यक्रमको आतिथ्यता ग्रहण गर्न रेखा नेपालगन्ज पुगेकी थिइन् । वन पिसमा सजिएकी रेखासँग हात मिलाउन एकजना फ्यान अगाडि सारे । तर, मदिराले लठ्ठिएका फ्यानले रेखाको गालामा चुम्बन गरिदिए । स्टेज चढ्ने क्रममा यस्तो ‘दुर्व्यवहार भएपछि उनी कालो र निलो हुँदै उनी स्टेजमा त पुगिन् । तर, अकमकाउँदै छोटो बोलिन । आफ्नो नयाँ चलचित्रको बिषयमा छोटो बोल्दै सामान्य नृत्य गरेर उनी फर्किइन् ।

rekha-thapa-Nepalgunj

सार्वजनिक कार्यक्रममै त्यसरी दुर्व्र्यहार गरिएपछि रेखाा स्टेजमा लामो समयसम्म बस्न सकिनन् । ती व्यक्तिले पछि पनि रेखालाई बारम्बार बोलाइरहेका थिए । २८ ३० बर्षका देखिने ती युवकका लागि पछि दुई जना प्रहरी नै खटाउनु परेको एक प्रत्यक्षदर्शीले बताए ।

फ्यानको यो हर्कतपछि रेखा तनावमा रहेको उनीसँगै नेपालगन्ज पुगेका एक कलाकारले बताए । चुम्बन गर्ने व्यक्ति रेखाका सामान्य फ्यान हुन् या पुरानै चिनचानका व्यक्ति हुन रु यस विषयले नेपालगन्जमा चर्चा कमाएको छ ।