२९ आश्विन २०८३, बिहिबार

विवाद बढेपछि पशुपति आफैले बन्द गरे तीजको गीत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pashupati-sharma

केहि दलित संघसंस्थाको विरोधका कारण लोक गायक पशुपति शर्माले आफ्नो तीजको गीत बन्द गरेको घोषणा गरेका छन् ।

तिजलाई लक्षित गरेर बजारमा ल्याएको गीत ‘केको बाहुन, केको कामी, के को जनजाति, जातका कुरा गर्नेहरु देशको लागि घाती, जातका कुरा गर्नेको दिमाग कहाँ छ, मेरा छोराले कमिनी ल्यायो, मेरी छोरी नी दमाईसित गई, मैले गुर्सिनी ल्याकै हो, हामी नेपाली हौ, मलाई त्यत्ति थाहा छ’ नामक गीतले यति बेला गायक पशुपति शर्मा विवादमा परेका हुन ।

उनले जारी बिज्ञप्तिमा भनिएको छ – ‘तीजको गीतको मर्म  र भावना कुनै समुदायप्रति लक्षित होइन, तर गलत प्रचार गरिएकाले बन्द गर्नुपरेको छ ।’

‘गीतभित्र प्रयोग भएका केही शव्दप्रति केही समुदायले आपत्ति जनाएको र शव्द हटाउन गरिएको आग्रहलाई म सम्मानका साथ ग्रहण गर्दछु । ’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

वास्तवमा उल्लेखित गीत कुनै पनि समुदाय र जातजातीको मानमर्दन गर्न प्रकाशित गरेको नभई समाजिक कुरीति बिरुद्ध लक्षित गरेको शर्माको बिज्ञप्तिमा भनिएको छ । आशिष म्यूजिक प्रालीले बजार प्रर्वद्धन गरेको शर्माको गीत रेडियो टेलिभिजन प्रसारणमा समेत रोक लगाइएको गायक शर्माले नेपाली कलालाई बताए ।

शर्माले भने ‘ अवदेखि कुनै पनि सार्वजनिक सञ्चार माध्यममा गीत देखाइने छैन । ’ शर्माले बन्द गरिएको गीत कुनै पनि सार्वजनिक सञ्चार माध्यममा प्रसारण नगरीदिन समेत आग्रह गरेका छन् ।

गीतको बिषयलाई लिएर केही दलित संघसंस्था र व्यक्तिले टिकाटिप्पणी गर्दै आएका थिए ।

आशिष म्यूजिकका निर्देशक रामजी पन्तले गीत निर्माणमा ठूलो लगानी भएको तर समाजिक सदभाव कायम राख्न पनि गीत बन्द गर्न परेको नेपाली कलालाई बताए ।

पन्त भन्छन् ‘ गीतको भाव राम्रो हो तर बुझ्नेले गलत अर्थ लगाएकाले लगानी डुवे पनि गीत रोक्न बाध्य भएका हौं । ’

यस्तो थियो भिडियो: