२९ आश्विन २०८३, बिहिबार

बलात्कारको झुटो आरोप लगाउने महिलालाई जेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape

भक्तपुर, ८ साउन । जिल्ला अदालतल भक्तपुरले बलात्कारसम्बन्धी एक मुद्दामा जाहेरीवालालाई नै जेल सजाय सुनाएको छ ।

अदालतले जाहेरीवाला सुन्तली (नाम परिवर्तन) लाई एक महिना जेल र एक हजार जरिवाना गर्ने फैसला सुनाएको हो ।

न्यायाधीश नागेन्द्रलाल कर्णको इजलासले सुन्तलीलाई झुटो जाहेरी दिएको अभियोगमा सजायका साथै थप पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो । सुन्तलीले भक्तपुर सूर्यविनायक बस्ने एक बालिकालाई बलात्कार गरेको आरोप लगाउँदै सुनिलकुमार सोनीविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । किटानी जाहेरीपछि प्रहरीले सोनीलाई सो अभियोगमा मुद्दा चलाएको थियो ।

सुन्तलीले अदालतमा बकपत्र गर्ने क्रममा सोनीले बलात्कार गरेको आफूले नदेखेको र बालिकाले पनि नभनेको बयान दिएपछि अदालतले सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८ ‘क’ बमोजिम प्रतिवादी सुन्तलीलाई झुटो जाहेरी दिएको अभियोगमा सो सजाय गरेको अदालतका स्रेष्टादार खड्ग अधिकारीले जानकारी दिनुभयो ।