२९ आश्विन २०८३, बिहिबार

सावधान ! महिलालाई जिस्काए जेल जानुपर्ला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kt-jiskeko-mahila
काठमाडौं, ८ असार । के तपाईं कार्यालयमा काम गर्दा यौन शोषणमा पर्नु भएको छरु कामको सिलसिलामा कुनै कार्यालय जाँदा सेवा प्रदायकबाट यौनजन्य दुर्व्यवहार वा हैरानी पाउनुभएको छरु छ भने अब चुप लागेर, सहेर, डराएर वा चिन्तित भएर नबस्नुहोस्।

यौनजन्य हिंसा गर्ने विरूद्ध लड्नुहोस् अब तपाईँलाई न्याय दिने र पीडकलाई कारबाही तथा सजाय कानुन आउँदै छ। तर, पुरूषहरू भने महिलाबाट यौन हिंसामा परे पनि सहेरै बस्नुपर्ने अवस्था देखिन्छ। किनकी यौनजन्य हिंसा नियन्त्रण गर्न बनाइन लागेको कानुनले महिलालाई मात्र समेटेको छ।

सेवा दिने वा मनोरञ्जन दिने जुनसुकै कार्यालयमा काम गर्दा वा सेवा लिन जाँदा यौनजन्य हिंसामा परेका महिलालाई न्याय दिलाउन तथा त्यस्तो क्रियाकलाप निषेध गर्न पहिलोपटक कानुन बनाइन लागेको आजको नेपाल समाचार पत्रमा खबर छ।

कुनै कर्मचारी वा सेवाग्राहीलाई कार्यस्थलमै यौनजन्य दुर्व्यवहार गरेको ठहरिए निजलाई कसुरको प्रकृति हेरी ३ महिनासम्म कैद वा २५ हजार जरिवाना वा दुवै हुने विधेयकमा उल्लेख छ।