२९ आश्विन २०८३, बिहिबार

गुमनाम रामकुमारीको लोकप्रिय पुनरागमन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram_kumari_jhakriकाठमाडौं, २ साउन । कुनै एक समय राजनीतिको चर्चाको शिखरमा रहेकी भएकी रामकुमारी झाँक्री करिव ४ वर्षसम्म गुमनाम बन्नु भयो ।

धेरैले झाँक्रीको बिवाहसँगै राजनीति पनि सकिएको चर्चा गरे । तर, भर्खरै राजधानीमा सम्पन्न नेकपा एमालेको नवौँ महाधिवेशनबाट महिला कोटामा सबैभन्दा लोकप्रीय मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि उहाँको चर्चा फेरि शुरु भएको छ ।

आफू विजयी भएको खुशी र पराजयको पीडा पोख्न एमालेका अधिकांश नेताले सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरे । तर, अहिले चर्चा केही नेताको मात्र हुने गरेको छ । ती मध्यकी एक हुनुहुन्छ झाँक्री ।

आफू केन्द्रीय सदस्यमा विजयी भएपछि प्रतिनिधि र शुभेच्छुकहरूलाई धन्यवाद दिने क्रममा उहाँले पोष्ट गरेको शव्दको समेत अहिले चर्चा छ । ‘मेरो बाटो फराकिलो छ, भविष्य उज्यालो छ, म यसलाई बचाउने चुनौति सम्झेकी छु, मलाई विश्वास छ यो भरोशा टुट्न दिने छैन, यो मेरो प्रण हो, कति पटक रक्ताम्मे भएर सडकमा लडेँ अनि उठेर हिडेँ । त्यसैले मेरो यो सवै जिन्दगी नाफाकै हो ।’

उहाँले अझ मार्मिक शव्दमा अबका दिन जे जति सकेको समाज र राष्ट्रकै लागि योगदान दिने बताउनु भएको छ । कसैको पछि नलाग्दा ४ वर्षसम्म गुमनाम जीवन बिताउनुपरेकोमा पनि उहाँले दुःख व्यक्त गर्नुभएको छ ।

‘म सामन्य परिवारको ब्यक्ति हुँ, राजनीतिमा मलार्इ तान्ने र घचेँट्ने आफ्नो कोही छैनु, झाँक्रीले भन्नुभएको छ’त्यही कारणले होला करिव ४ वर्ष त पार्टीमा बिना भूमिका बिताएँ, गुमनाम भएँ ।’