काठमाडौँ, २ साउन । सांगीतिक कार्यक्रममा सहभागी गराई पारिश्रमिक नदिएको भन्दै कलाकारहरुले आयोजकलाई कारबाहीको माग गरेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा गत जेठ २० देखि असार १ गतेसम्म देशका विभिन्न सहरमा १५ दिने वाइड ईभेन्ट नेपाल टुर नामक सांगीतिक कार्यक्रममा सहभागी गराएर पारिश्रमिक नदिएको भन्दै उनीहरुले आयोजकमाथि कारबाहीको माग गरेका हुन् ।
पत्रकार सम्मेलनमा सांगीतिक कार्यक्रमका आयोजकद्वय हरिशरण महत र राजकुमार पटेलले करिव १४ लाख रुपैंया तीर्न बाँकी रहेको बताइयो ।
ठगिने कलाकारमा नायिका सुष्मा कार्की, गायक सुगम पोखरेल, कमल खत्री, प्रकाश कटवाल, युवराज चौलागाई, सम्भोज मल्ल, रुपक डोटेल, गायिका आकांक्षा बस्याल, ,कार्यक्रम सञ्चालक सुर्जनी केसी, गायिका बुनु राई मानन्धर, कलाकार रमेश दुलाल, गायिका सम्झना लामिछाने मगर, क्यामेराम्यान निकेश महर्जन, सवारीधनी नारायणप्रसाद ढुङ्गाना रहेका छन् ।
पीडित कलाकार एवम् गायक पोखरेलले आफूहरु वाईड इभेन्ट नेपाल टुर नामक सांगीतिक कार्यक्रममा नेपालको दमक, इटहरी, धरान, विराटनगरलगायतका विभिन्न सहरहरुमा १५ दिने सांगितिक कार्यक्रम प्रस्तुती गरेवापत सम्झौताअनुसारको पैसा नदिई श्रमशोषण गरेको बताउनु भयो ।
संगीतकर्मी संघका महासचिव राजेन्द्रकुमार कार्कीले पीडित कलाकारले ४८ घण्टाभित्र पारिश्रमिक नपाए कानुनी उपचारमा जाने चेतावनी दिनुभयो ।














प्रतिक्रिया