कञ्चनपुर, २ साउन । कञ्चनपुरमा आफ्नै प्रेमीबाट एक किशोरी बलात्कृत भएकी छिन् ।
भीमदत्त नगरपालिका भगतपुरकी १६ वर्षीया युवती चारजनाको सामूहिक बलात्कारको शिकार भएकी हुन् ।
बलात्कार गर्ने चारै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी हिरासतमा लिएको छ ।
युवतीका प्रेमीले कोठामा बोलाएर सामूहिक बलात्कार गरिएको प्रहरीले बताएको छ ।
बलात्कारमा संलग्न भगतपुरका दीपक चौधरी, रमेश चौधरी, चन्द्रकान्त पन्त र युवतीका प्रेमी भनिएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
बलात्कृत युवतीको अवस्था सामान्य रहेको छ । बलात्कृत युवती भगतपुरमा डेरा गरी बस्दै आएकी थिइन् ।














प्रतिक्रिया