२९ आश्विन २०८३, बिहिबार

यसरी झोक्किए सभामुख…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Subas Nembangकाठमाडौं, २ साउन । सभामुख सुवाचन्द्र नेम्बाङले सांसदहरूलाई विषयवस्तुबाट नबहकिन र संसदीय प्रक्रियाको हेक्का राख्न आग्रह गरेका छन् ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा शून्य समयको कारबाही जारी रहँदा केही सांसदले पटकपटक हात उठाउने र केहीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउन उपलब्ध गराइएको उक्त समयको ख्याल नगरी बजेट र विनियोजन विधेयकका विविध विषयमा अभिव्यक्ति दिएपछि सभामुखले त्यस्तो आग्रह गरेका हुन् ।

‘पटकपटक हात किन उठाएको ? शून्य समयको प्रक्रिया जारी हुँदा नियमापत्ति गर्न पाइन्छ, प्रक्रियागत रुपमा नाम लेखाएपछि घरिघरि हात उठाउन पाइँदैन,’ सभामुखले ती सांसदलाई सदनको कारबाहीबारे स्मरण गराउँदै भने ।

त्यस्तै, सूर्यप्रकाश बालाराईले विशेष समयमा लिखित मन्तव्य व्यक्त गर्ने क्रममा ‘मेरा कुरा ओझेलमा परे’ भनेपछि सभामुखले बोल्न समय पाइरहेको व्यक्तिले नबोलेर किन असान्दर्भिक अभिव्यक्ति दिएको भन्दै सांसद राईको ओझेलमा पर्‍यो भन्ने वाक्यांश ‘रेकर्ड’बाट हटाउन संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिए ।