काठमाडौं, ३२ असार । नेकपा एमालेको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा सबभन्दा कम उमेरकी रचना खड्का हुनुभएको छ ।
माधव नेपाल समूहबाट उम्मेदवार दिएकी रचना २९ वर्षको उमेरमै वैकल्पिकतर्फ केन्द्रीय सदस्य भएकी हुन् । विसं. २०४१ सालमा दोलखामा जन्मेकी रचना अनेरास्ववियुका पूर्व सचिव हुन । अखिलको गत महाधिवेशनमा उनी नविना लामासँग महासचिवमा पराजित भएकी थिइन् । अखिलमा प्रारम्भिक कमिटीदेखि नै सक्रिय रचना अविवाहित छिन् ।














प्रतिक्रिया