काठमाडौं, ३२ असार । एमालेको नवौं महाधिवेशनमा एमालेका हस्ती नेताहरु नै पराजित भएका छन् । पराजित हुनेमा तीन जना बहालवाला मन्त्री समेत छन् ।
अध्यक्षमा नेता ओलीलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्ण थापा र युवा संघका अध्यक्ष महेश बस्नेत केन्द्रीय कमिटीमा अटाउन सकेनन् । खेलकुद मन्त्री एवं निवर्तमान अध्यक्ष झलनाथ खनाल निकटका नेता पुरुषोत्तम पौडेल पनि केन्द्रीय सदस्यमा पराजित बनेका छन् ।
एमाले केन्द्रीय सदस्यमा हारेका अन्य चर्चित अनुहारहरु:
भानुभक्त जैसी,
वंशिधर मिश्र,
निरज आचार्य
गूरु बराल
रामचन्द्र यादव
रामेश्वर फुयाल
गुरुप्रसाद बुर्लाकोटी
खिमलाल भट्टराई
उर्वादत्त पन्त
छवीलाल ओली
मोहनसिंह राठोर
आनन्द पोखरेल
लक्ष्मण ज्ञवाली
नेत्र पन्थी
गोविन्द कोइराला
नरेश खरेल
















प्रतिक्रिया