३० आश्विन २०८३, शुक्रबार

ओली अध्यक्ष भएर सरकार परिवर्तन हुँदैन: राणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati-Shumsher-rana

भक्तपुर, ३२ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले एमालेमा नयाँ नेतृत्व आएपनि सरकारको समीकरणमा परिवर्तन नहुने बताउनुभएको छ ।

रफत सञ्चार क्लव भक्तपुरले गरेकोे साक्षात्कार कार्यक्रममा नेता राणाले तत्काल सरकार परिवर्तन नहुने दाबी गर्नुभयो ।

ओली एमाले अध्यक्षमा निर्वाचित हुँदैमा राष्ट्रिय राजनीतिमा पनि कुनै फरक नपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष राणाले पार्टीभित्रका केही समूहले पार्टीलाई विखण्डनतर्फ लैजान खोजिरहेको बताउँदै सूर्यबहादुर थापाले केन्द्रीय समितिमा पार्टी अध्यक्ष त्यागेपछि १०३ मा ८२ सदस्यले आफूलाई अध्यक्ष बनाएको दाबी गर्नुभयो ।

पार्टीलाई मिलाउन खोज्दाखोज्दै केही साथीले निर्वाचन आयोगको ढोका घच्चघच्याउनु उचित नभएको उहाँको भनाइ थियो ।