३० आश्विन २०८३, शुक्रबार

वीरमा मृगौला प्रत्यारोपण फेरि सुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bir-hospitalकाठमाडौ, ३१ असार । तनहुँ फिरफिरेकी २५ वर्षीया यामकुमारी गुरुङले आइतबार वीर अस्पतालमा मृगौला प्रत्यारोपण गराइन् । दुई महिना अघिमात्र दुवै मृगौला खराब भएको थाहा पाएकी उनले थापाथलीस्थित ब्लु क्रस अस्पतालमा डायलाइसिस गराइरहेकी थिइन् ।

‘वीरमा उपचार नपाउँदा महँगोमा डाइलाइसिस गराउन बाध्य थियौं,’ अप्रेसन थ्रिएटर बाहिर कुरिरहेकी दिदी उषाले भनिन्, ‘मृगौला दिन तयार श्रीमान सम्पूर्ण स्वास्थ्य जाँच गर्दा स्वस्थ देखिएपछि तत्काल प्रत्यारोपण गराउन हामी सफल भएका हौं ।’

गुरुङलाई २८ वर्षे पति चन्द्रबहादुरले मृगौला दिएका हुन् । मृगौला प्रत्यारोपणमा चार घन्टा लागेको थियो । १ लाख शल्यक्रिया शुल्क डिपोजिट राखेको र ३ लाख ८० हजारको औषधि खरिद गरेको बिरामीका बुवा बेलबहादुर गुरुङले जानकारी दिए । ‘डायलाइसिस गराउँदा गराउँदै दुई महिनामा सात लाख खर्च भइसक्यो,’ बिरामीका बाबु गुरुङले भने, ‘सरकारी अस्पतालमा सहुलियत खर्चमा सेवा लिन पाइनेरहेछ ।’

उनीजस्ता थुप्रै बिरामीले आइतबारदेखि सहुलियत खर्चमा वीरमा मृगौला प्रत्यारोपण गराउन सक्नेछन् । विशेषज्ञ चिकित्सकको अभावमा दुई वर्षदेखि बन्द रहेको सेवा आइबारदेखि पुनः सुचारु भएको हो । तीन वर्षअघि मृगौला रोग विशेषज्ञ पुकारचन्द्र श्रेष्ठले वीरमा सेवा दिँदै आएका थिए । त्यस समयमा ९८ व्यक्तिको प्रत्यारोपण गरिएको थियो । श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर गएपछि वीरमा सेवा बन्द भएको थियो ।

पुनः सेवा सञ्चालनका लागि अस्पतालले युरो सर्जन पारसमान श्रेष्ठ र भास्कुलर सर्जन कृष्ण श्रेष्ठलाई भारतमा रिफ्रेस तालिम लिन पठाएको थियो । तालिम लिएर फर्केपछि डाक्टर पारसमान र कृष्णको समूहले आइतबार प्रत्यारोपण सुरु गरेको हो । कान्तिपर दैनिकबाट