३० आश्विन २०८३, शुक्रबार

राप्रपा नेपाल केन्द्रीय विभागमा मनोनयन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

RPP-Nepal

काठमाडौँ, ३० असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी विधानबमोजिम केन्द्रीय विभागमा विभिन्न व्यक्तिलाई आज मनोनयन गर्नुभएको छ ।

सोअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुखमा अध्यक्ष थापा र सदस्यसचिव सुरेश आचार्य तथा सदस्यमा केशव रेग्मी, सुवर्ण क्षेत्री, विराज विष्ट र युवराज अधिकारी रहनुभएको छ ।

त्यस्तै अनुशासन समितिको संयोजकमा पार्टी उपाध्यक्ष राजीव पराजुली र सदस्य सचिवमा खगेन्द्र बस्न्यात, सङ्गठन विभाग प्रमुखमा उपाध्यक्ष डा धवलशम्शेर राणा र सदस्यसचिवमा भक्ति सिटौला, आर्थिक विभाग प्रमुखमा उद्धव पौडेल र प्रचार विभाग प्रमुखमा पार्टी प्रवक्ता विष्णु भट्टराईलाई मनोनयन गरिएको छ ।

यसैगरी प्रशिक्षण विभाग प्रमुखमा सुशीलकुमार श्रेष्ठ, प्रवास विभाग प्रमुखमा श्याम केसी तथा सदस्य सचिवमा विजय खड्का, अनुसन्धान तथा योजना विभाग प्रमुखमा गोविन्द खनियाँ, राजनीतिक विभाग प्रमुखमा जनार्दन आचार्य तथा सदस्यसचिवमा डा जयन्तनाथ खनाल, कला, साहित्य तथा संस्कृति विभाग प्रमुखमा बेटी वज्राचार्य तथा सदस्यसचिवमा लक्ष्मी भद्रा रहनुभएको छ ।

त्यस्तै धर्म तथा संस्कृति समन्वय विभाग प्रमुखमा डा लोकराज पौडेल, जनसम्पर्क विभाग प्रमुखमा दिलीपप बस्नेत, सहकारी समन्वय विभाग प्रमुखमा प्रकाश रिमाल र सूचना तथा प्रविधि विभाग प्रमुखमा रामकृष्ण श्रेष्ठ रहेको राप्रपा नेपालका सहयक प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराउनुभयो ।