३० आश्विन २०८३, शुक्रबार

‘डन’ चक्रे मिलन रिहा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chakre-milan

काठमाडौँ, ३० असार । विशेष अदालतमा लागुऔषध कारोबारको मुद्दा खेपिरहेका चक्रे मिलन सम्पत्ति शुद्धीकरणसम्बन्धी अर्को एक मुद्दामा सोमबार विशेष अदालतमा जेथा जमानीमा रिहा भएका छन् ।

केन्द्रीय कारागार काठमाडौँमा थुनामा रहेका अभियुक्त चक्रेसँग सात करोड आठ लाख १५ हजार बराबरको सम्पति अवैध रहेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले २०७० जेठ ५ मा उक्त अदालतमा अर्को मुद्दा दायर गरेको थियो ।

तनहुँ जिल्ला व्यास नगरपालिकास्थित आफन्तको घरसहित १४ रोपनी जग्गा धरौटी राखेकाले तारेखमा रही मुद्दाको किनारा लगाउन अदालतले आदेश दिएको रजिष्ट्रार नातीबाबु लामिछानेले जानकारी दिनुभयो ।

यसअघि उक्त अदालतले अभियुक्त चक्रेलाई एक करोड बराबरको जमानत पेस गर्न दिएको आदेश पूरा गर्न नसकेकाले निजलाई थुनामा पठाइएको थियो ।