३० आश्विन २०८३, शुक्रबार

गोविन्दराज जोशीको मुद्दाको सुनुवाइ प्रारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

govinda raj-joshi

काठमाडौँ, ३० असार । सर्वोच्च अदालतमा दायर भएको पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचारसम्बन्धी मुद्दाको सुनुवाइ सोमबारदेखि प्रारम्भ भएको छ ।

न्यायाधीशद्वय गोपाल पराजुली र दीपकराज जोशीको संयुक्त इजलासमा परेको मुद्दाको सुनुवाइ भए पनि नसकिएकाले हेर्दा हेर्दैमा राखिएको छ । गैरकानुनीरूपले सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले जोशीबाट दुई करोड १६ लाख १४ हजार सम्पत्ति जफत गर्नाका साथै छ महिना कैद गर्नुपर्ने आदेश गरेको थियो ।

आफ्नो आर्जन, खेतीपातीबाट भएको आम्दानी, परिवारले विदेशमा कमाएको सम्पत्तिसमेतलाई विशेष अदालतले भ्रष्टाचारबाट कमाएको भनी गरेको आदेश नमिलेकाले पुनरवलोकन गर्न २०७० वैशाखमा सर्वोच्च अदालतमा निवेदन परेको थियो ।

सो मुद्दामा पूर्वमन्त्री जोशीसहित अन्य छ जनालाई कारबाहीको आदेश भएको थियो ।