काठमाडौँ २४ असार । नेकपा एमालेको नवौ महाधिवेशनको बन्दसत्रमा मंगलबार सेती अञ्चलका टोली नेता हर्कबहादुर सिंहले पार्टीमा भ्रष्टचारको बिरोध भैरहेको अबस्थामा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले भ्रष्टचारीलाई काँधमा बोकेको आरोप लगाएपछि हल केही बेर तालीमय भएको छ ।
‘विवादास्पद सहसचिव भरत सुबेदीलाई अर्थ मन्त्रालयमा सरुवा गर्ने सरकारी निर्णयको विरोध गर्दै समुह नेताले हलमा सरकारी निर्णयको आलोचना गरेपछि प्रतिनिधिले सिंहको कुरामा समर्थन जनाएका थिए ।
एमालेले भ्रष्टचारका बिरुद्ध कुरा गरे पनि व्यवहारमा त्यो देखाउन नसकेको भन्दै उहाँले पार्टीका नेताहरुले भ्रष्टचारीलाई काँधमा बोक्ने काम गरेर गलत गरेको दाबी गर्नु भएको थियो । पार्टी भ्रष्टाचारी, ठग, आर्थिक अनियमितता गर्नेहरुको मात्रै बन्ने हो कि भन्दै उहाँले प्रश्न समेत गर्नु भएको थियो ।
अष्ट्रेलियाका पीआर होल्डर एवं विवादस्पद छवि भएका सहसचिव सुवेदीको अर्थ मन्त्रालयमा गरिएको पोष्टिङप्रति महाधिवेशन प्रतिनिधिले गौतमको आलोचना गर्दै आएका छन् । प्रतिनिधिको कढा आलोचना भएपछि सुवेदीको निर्णय कार्यान्वयन अलमलमा परेको छ ।
गौतम निकट स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री रामशरण महतको ठाडो प्रस्तावलाई टार्न नसकेपछि गौतमले त्यस्तो निर्णयमा सहमति जनाएको बताएको छ । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भने सुवेदी सरुवाको विरोधमा हुनुहुन्छ ।
















प्रतिक्रिया