१ कार्तिक २०८३, आइतबार

तोकिएकै समयमा लोकतान्त्रिक संविधान जारी गर्ने मन्त्री सिंहको दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-final3काठमाडौँ, २४ असार । उपप्रधान तथा स्थानीय बिकास मन्त्री प्रकाशमान सिंहले सरकारको सम्पुर्ण ध्यान संविधान निमार्णमा केन्द्रित भएको बताउनु भएको छ ।

नेपाल प्रेस युनियन काठमाडौ शाखाले मंगलवार राजधानीमा गरेको एक कार्यक्रममा सिंहले यस्तो बताउनु भएको हो । तोकिएकै समयमा लोकतान्त्रिक संविधान जनताको हातमा पुग्ने आश्वासन पनि उहाँले कार्यक्रममा दिनुभयो ।

सबै राजनीतिक दलमिलेर लोकतान्त्रिक संविधान जारी गर्नुको बिकल्प नभएको उहाँको दाबी थियो । उहाँले नेपाली काग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै स्वतन्त्र पुर्वक कलम चलाउने पत्रकारहरुको हक अधिकार कुण्ठीत हुने कुनै काम सरकारले नगर्ने पनि स्पष्ट पार्नुभयो ।