काठमाडौँ, २४ असार । असार १९ गतेदेखि राजधानीको भृकुटी मण्डपमा जारी नेकपा एमालेको नवौं महाधिवेशन निर्धारित समय अनुसार बुधवारसम्ममा सम्पन्न हुनु पर्ने हो ।
तर, उक्त महाधिवशेन नेतृत्वको रस्साकस्सीले अझै केही दिन लम्बिने निश्चित भएको छ । एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार निर्वाचन प्रक्रिया संभवतः मंगलवारबाट शुरु हुने छ ।
मतदाता नामावली प्रकाशित गर्ने लगायतका निर्वाचन प्रक्रिया मंगलवारबाट सुरु भए पनि मतदान प्रक्रिया भने बुधवार नै हुने संभावना निक्कै कम छ । अहिले चुनावी अभियानबाट अध्यक्ष झलनाथ खनाल पछि हटे पनि वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली मैदानमा हुनुहुन्छ ।
उहाँहरुले आधिकारिक प्यानल अहिलेसम्म घोषणा गर्न सक्नु भएको छैन । पदाधिकारीमा कति जना रहने भन्ने विषयम प्रतिनिधिहरुबीच फरक–फरक धारणा आएकाले पनि प्यानल घोषणाका लागि समस्या भएको छ ।
समुहगत छलफल मंगलवार सम्ममा सकिएको अवस्थामा नेताहरुले धारणा राख्ने र निर्वाचन प्रक्रियामा त्यसपछि जाने एमालेको तयारी छ ।् त्यसले पनि महाधिवशेन लम्बिने निश्चित देखिएको छ ।
त्यति मात्र होइन मतदानका लागि भोटिङ मसिन प्रयोग गर्ने भनेको एमालेले उक्त मसिन प्रयोग नगर्ने संकेत गरेको छ । ‘भोटिङ मसिन प्रयोग नगरिने र मतपत्र छाप्नु पर्ने भएकाले महाधिबेशन लम्बिने संकेत देखिएको छ,’ ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार मसिन प्रयोग नगर्दा निर्वाचन पछि पनि परिणाम आउँन अझ केही दिन लाग्ने छ ।
















प्रतिक्रिया