१ कार्तिक २०८३, आइतबार

हिन्दुधर्मालम्बीहरु हरिशयनी एकादशी धुमधामका साथ मनाउदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tulasi–1

काठमाडौँ, २४ असार । आज मंगलवार हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले यो पर्व धुमधामका साथ मनाउँदै छन् । व्रत बसेर भगवान् विष्णुको पूजा आराधना गरी यो पर्व मनाउने चलन छ । यो पर्वमा घर आँगनमा रहेको तुलसी मठमा तुलसी रोपेर विष्णुको पूजा गर्ने चलन पनि छ ।

एक महिनाअघि बिजारोपण गरिएको तुलसीलाई आजकै दिन रोप्ने गरिन्छ । हिन्दू धर्मालम्बीहरुले तुलसीलाई भगवान विष्णुको स्वरुपको रुपमा पुज्ने गर्छन् । चार महिनाको चतुर्मासपछि हरिवोधनी एकादशीको दिन तुलसीको पूजाआजा गरी विवाह गर्ने चलन छ ।

नूर नामक राक्षसको आतंकबाट मुक्ति दिलाउन विष्णुले संघर्ष गर्नुपरेको र थकान मेटाउन बद्री आश्रममा गएर शयन अर्थात् सुतेको कथा प्रचलनमा रहेको छ । हरिशयनी एकादशीकै अवसरमा काठमाडौंको बूढानीलकण्ठ मन्दिरसहित देशभरका विष्णु मन्दिरमा पूजा आराधना गर्ने चलन छ ।