१ कार्तिक २०८३, आइतबार

खनालले नेपाललाई समर्थन गर्दा केही फरक नपर्ने ओली समूह दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jn Khanal & KP Oli

काठमाडौँ, २३ असार । सहमतिका साथ नेतृत्व चयनको प्रयास भइरहे पनि नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले वरिष्ठ नेता माधवकुमार नेपाललाई समर्थन गर्ने सङ्केत दिएपछि जारी नवौँ महाधिवेशनमा निर्वाचन हुने देखिएको छ ।

नेपाल समूहका नेता भीम रावलले आफ्नो समूहलाई अध्यक्ष खनालको समर्थन हुने बताउँदै सहमतिमा नेतृत्व चयनको सम्भावना न्यून रहेको बताउनुभयो ।

सोमवार महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै नेता रावलले अध्यक्ष खनालले पहिलेदेखि नै वैचारिक रुपमा आफूहरुसँग खनालको निकटता रहेको रावलको दाबी छ ।

तर, अध्यक्षका अर्का प्रत्याशी नेता केपी शर्मा ओली निकट पोलिटब्युरो सदस्य थममाया थापाले खनालले समर्थन गर्दैमा कुनै फरक नपर्ने दाबी गर्नुभयो ।

उहाँले देशभरबाट प्रतिनिधि चयन नेपाल र ओली समूहका आधारमा भएकाले खनालको अलग्गै समूह नदेखिएको बताउनुभयो