काठमाडौँ, २३ असार । पूर्व राजा ज्ञानेन्द्र शाहले सोमवार निर्मल निवास महाराजगंजमा आफ्नो ६८ औं जन्मदिन मनाउंदैँ छन् ।
राज हुँदा ज्ञानेन्द्रले धुमधामका साथ जन्मदिन मनाउँने गर्थे । उनले विगतका वर्ष जसरी नै आफ्ना शुभेच्छुकहरुबाट शुभकामना लिएर जन्मदिनको कार्यक्रम मनाउँने तयारी गरेका छन् ।
पूर्व राजालाई शुभकामना दिन सर्वसाधारण बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म निर्मल निवास जानसक्ने छन् ।
शुभ जन्मोत्सव समारोह समितिले दिएको जानकारी अनुसार पूर्व राजाले सोमवार नै नारायाणहिटी दरबारको महेन्द्र मंजिल पुगी आमा रत्नलाई भेटेर आर्शिवाद लिने कार्यक्रम छ ।















प्रतिक्रिया