१ कार्तिक २०८३, आइतबार

एमाले महाधिवेशन: टोली नेता छानिए, विद्युतीय मतदानबारे अझै विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml

काठमाडौँ, २२ असार । नेकपा (एमाले) को जारी नवौंँ राष्ट्रिय महाधिवेशनमा छलफलका लागि विभाजन गरिएका समूहको टोली नेता चयनमा कतिपय समूहमा निर्वाचन भएको छ भने अधिकांशमा सर्वसम्मत भएको छ ।

नौ समूहमा सर्वसम्मति, आठमा निर्वाचन तथा दुई अञ्चलमा अभैm विवाद कायम छ । केही टोलीमा विवादका कारण दुई जनालाई टोली नेता बनाइएको छ । सोअनुसार जनसङ्गठन टोलीमा महेश बस्नेत, लुम्बिनीमा खिमलाल भट्राई, केन्द्रीय निकायमा सूर्य थापा, गण्डकीमा मायानाथ अधिकारी, काठमाडौँ उपत्यकामा टङ्क कार्की, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चमा गोपाल शाक्य, राप्ती र कर्णालीमा कुमार दसौँदी, मेचीमा देवेन्द्र दाहाल र कोशीमा जीवन घिमिरे चयन हुनुभएको छ ।

यस्तै महाकालीमा डा दीपकप्रकाश भट्ट, प्रवासमा अशोक थापा, नारायणीमा रामकुमार भट्राई, वाग्मतीमा लालकुमार केसी, जनकपुरमा लक्ष्मण पौडेल, सेतीमा हर्कबहादुर सिंह, पेसागतमा खगेन्द्र राई र धवलागिरिमा मन केसी चयन हुनुभएको छ ।

दुई अञ्चलमा निर्वाचन या सहमति कसरी के गर्ने भन्नेमा विवाद भएपछि सगरमाथामा यज्ञराज सुनुवार र सुमन प्याकुरेल, भेरीमा विष्णु रिजाल र यामलाल कँडेलको नाम प्रस्तुत भएको छ । ती दुई अञ्चलमा निर्वाचन गरेर चयन गर्न अध्यक्षमण्डलले निर्र्देशन दिएको छ । प्रस्तुत प्रतिवेदनमा छलफल गर्न बनाइएका समूहहरु टोली नेता चयनमै समय गुजारिरहेका छन् ।

प्रचार विभागका प्रमुख प्रदीपकुमार ज्ञवालीका अनुसार केहीमा निर्वाचन भएको छ भने अधिकांशमा सर्वसम्मतरुपमा टोली नेता चयन भएको छ । नारायणी, केन्द्रीय निकाय, वाग्मती, पेसागत, जनकपुर, प्रवास, सेती र महाकालीमा निर्वाचनबाट टोली नेता चयन भएका हुन् । बन्दसत्रले प्रस्तुत प्रतिवेदनमा छलफलका लागि १९ समूह विभाजन गरेको थियो ।

विद्युतीय मतदानबारे अझै विवाद

महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न गरिने भनिएको विद्युतीय मतदानका बारेमा विवाद कायमै छ ।

महाधिवेशनको बन्दसत्रका बारेमा महाधिवेनस्थल नजिकै स्थापित सूचना केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रदीपकुमार ज्ञवालीले पार्टी केन्द्रीय निर्वाचन आयोगले विद्युतीय यन्त्रबाट नै निर्वाचन गर्ने तयारी गरिरहेको र त्यसलाई विश्वास गरेर जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीले महाधिवेशन अगाडि नै बैठक बसेर निर्वाचनमा विद्युतीय मेसिनबाट मतदान गर्ने निर्णय भएको हो, छिटो, छरितो र वैज्ञानिक हुने भएकाले प्रविधिलाई विश्वास गरेर जानुपर्छ । ” नेता ज्ञवालीले प्रविधिमाथि शङ्का गर्न नहुने बताउनुभयो । केपी ओली समूह मानिएका नेता ज्ञवालीले भन्नुभयो, “समस्या विद्युतीय मेसिनमा हैन, चिन्तनमा छ ।”

नेपाल समूह मानिएका एमाले पोलिटब्युरो सदस्य रघुजी पन्तले आफूहरु विद्युतीय मेसिनप्रति अझै विश्वस्त हुन नसकेको बताउनुभयो । “विद्युतीय मेसिनप्रति हामी विश्वस्त छैनाँै, यसबारे केन्द्रीय निर्वाचन आयोगले निर्णय गर्छ”, नेता पन्तले भन्नुभयो, “विभिन्न प्राविधिकले गरेका अध्ययनको निचोडले हेर्दा पनि विद्युतीय मेसिनलाई विश्वास गर्ने आधार छैन, यसबारे स्थायी कमिटीमा सुझाव दिइसकेका छौँ ।”