काठमाडौँ, २२ असार । नेकपा (एमाले) को जारी नवौँ महाधिवेशनमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि छलफलका लागि १९ वटा समूह विभाजन गरिएको छ ।
ती समूहले अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सङ्गठनात्मक प्रतिवेदन, सचिव युवराज ज्ञवालीको विधान संशोधन प्रतिवेदन र केन्द्रीय निकायका अध्यक्षले पेस गरेका प्रतिवेदनमाथि छलफल गर्नेछ । समूह विभाजन अञ्चल र अन्य प्रतिनिधि समूहलाई मिलाएर गरिएको महाधिवेशन प्रतिनिधि पार्वती रावलले जानकारी दिनुभयो ।
यही असार १९ गतेदेखि भृकुटीमण्डपमा जारी महाधिवेशनमा मनोनीत प्रतिनिधिबारे पनि स्थायी कमिटीले निर्णय नगर्ने भएको छ । पार्टीका सचिव शङ्कर पोखरेलले अब प्रतिनिधि मनोनयन नहुने बताउनुभयो । मनोनीत प्रतिनिधि भई केन्द्रीय कमिटीमा उम्मेदवारी दिने आशामा रहेका कार्यकर्ता भने अन्योलमा परेका छन् ।
यसअघि आज बिहान केन्द्रीय लेखा आयोगका डा. पुष्प कँडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।















प्रतिक्रिया