काठमाडौं, २१ असार । विश्वकप फुटबलको क्वार्टरफाइनलका बाँकी दुई खेलका लागि शनिवार राति र आईतवार बिहान चार टीम भिड्ने भएका छन् ।
ब्राजिलको खेल मैदानमा शनिवार राति पौने १० बजे हुने खेलमा अर्जेन्टिना र बेल्जियम भिड्नेछन् भने शनिवार विहान नेदरल्याण्ड्स र कोष्टारिका भिड्नेछन् ।राउण्ड अफ सिक्सटिनमा अर्जेन्टिनाले स्वीट्जरल्याण्डलाई तथा बेल्जियमले अमेरिकालाई अतिरिक्त समयमा हराए पनि ती दुई टीमको शनिवार भेट हुने निश्चित भएको थियो ।
विश्वकपको मुख्य दावेदार मानिएको अर्जेन्टिना लियोनल मेसीसहितलाई लिएर मैदानमा उत्रिएको छ । समूहका सबै तीन खेल जितेको अर्जेन्टिनाले नाइजेरिया, बोस्निया र इरानलाई हराएको थियो । प्रतियोगितामा मेसीले चार गोल गरिसकेका छन् ।
समूहका सबै तीन खेल जित्ने क्रममा बेल्जियमले अल्जेरिया, रुस र दक्षिण कोरियालाई हराएको थियो । ‘राउण्ड अफ सिक्सटिन’ अमेरिकालाई हराएर आएको बेल्जियम पनि बलियो टीम हो । यसपटकको विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा बलियो रक्षापंक्ती भएको बेल्जियमविरुद्ध गोल गर्नु मेसी र अर्जेन्टिनाको लागि निकै चुनौति छ ।
त्यसैगरी शनिवार बिहान हुने खेलमा अघिल्लो विश्वकपको उपविजेता टोली नेदरल्याण्ड्ससँग कोष्टारिका भिड्ने भएको छ । समूह चरणमा चिली, स्पेन र अष्ट्रेलियालाई हराउँदै शतप्रतिशत नतिजा निकालेको नेदरल्याण्ड्सले ‘राउण्ड अफ सिक्सटिन’मा भने मेक्सिकोमाथि २–१ को जित निकालेको थियो ।
समूह चरणमा उरुग्वे, इटाली र इंग्लण्ड जस्ता पूर्व विजेताहरुलाई तह लगाँउदै नकआउट चरणमा आएको कोष्टारिकाले नकआउट चरणको पहिलो खेलमा ग्रीसलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।















प्रतिक्रिया